न्यायाधीशलाई निरन्तर ‘धम्की’ दिने राजकुमार तिमल्सिना पक्राउ

काठमाडौं : न्यायाधीशलाई निरन्तर धक्की दिएको आरोपमा राजकुमार तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ। उनले पछिल्लो समय डार्क फाइल नेपाल अभियान नाम दिएर न्यायाधीशहरूलाई धम्की दिँदै आएका थिए ।

बुधबार दिउँसो पोखराबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको स्रोतले बतायो। उनले पछिल्लो समय सर्वोच्च अदालतका न्यायाधीशहरूलाई लक्षित गरी विभिन्न आरोप लगाउँदै आएका थिए।

यसअघि फेक अडिओ संवाद एक मिडियालाई दिएर अदातलको अवहेलना गरेको भन्दै उनीविरूद्ध मुद्दा चलेको थियो। ६ महिना कैद सजाय तोकिएका उनी भदौ २४ गते कारागारबाट फरार भएका थिए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा