गठबन्धन घोषणाको तयारीमा कांग्रेस र एमाले

काठमाडौं : विघटित प्रतिनिधिसभाका प्रमुख २ दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच चुनावी गठबन्धन गर्ने तयारीमा जुटेका छन् । आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमाले गठबन्धन गरेर जाने सहमति नजिक पुगेको स्रोतको भनाई छ ।

यसबीचमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । देउवा निवास महाराजगन्जमा महासचिव शंकर पोखरेलका साथ गएका ओलीले राष्ट्रिय सभाको गठबन्धन र प्रतिनिधिसभा पुनस्थापनाको विषयमा छलफल गरेका थिए ।

यही चुनावको लागि एमाले अध्यक्ष ओलीले सोमबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि गोप्य भेट गरेका थिए । स्रोतका अनुसार ओली र प्रचण्डविच दुई नेताबीच राष्ट्रिय सभा, प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको बिषयमा छलफल भएको थियो ।

गठबन्धन नभए एमालेको राष्ट्रिय सभामा हालको १० सिट घटेर दुईमा सीमित हुने जोखिम देखिएको थियो । एमालेका ८ जना फागुन २० गतेदेखि बिदा हुँदै छन् ।

राष्ट्रिय सभाको वर्तमान समीकरणमा नेकपा सबैभन्दा ठूलो दल बनेको छ । यसअघि माअ‍ोवादी केन्द्र १७ सदस्यसहित ठूलो दल रहेकामा एकीकृत समाजवादीसँगको एकतापछि ५९ सदस्यीय राष्ट्रिय सभामा उसको संख्या बढेर २६ पुगेको छ । एमालेका ८, नेकपाका ८, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा) , नेपालको १/ १ र स्वतन्त्र सांसद बामदेव गौतमको पदावधि सकिन लागेको हो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा