रमेश लेखकले आज आयोगमा बयान दिएर पत्रकार सम्मेलन गर्ने

काठमाडौं : तत्कालीन गृहमन्त्री रमेश लेखकले आज (सोमबार) भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिने भएका छन्।

बयानका लागि विहान ११ बजे आयोगमा उपस्थित हुने लेखकले जानकारी दिए ।

बयान लगत्तै उनले पत्रकार सम्मेदलन गरेर आफ्ना धारणा सार्वजनिक गर्ने छन्।

लेखकले दिउँसो ४ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरिएको जनाएका छन्।

भदौ २३ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए।

२३ गते प्रहरीले युवाहरूमाथि दमन गर्दा १९ जनाको मृत्यु भएपछि लेखकले २४ गते राजीनामा दिएका थिए।

उनीमाथि जेनजी आन्दोलनमा दमन गरेको आरोप लगाउँदै छानबिन र कारबाहीको माग गरिएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा