काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले अब नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र उज्याले नेपाल पार्टीका संरक्षक रहेका ऊर्जामन्त्री कुलमान घिसिङ मिल्ने सम्भावना औँल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच एकता गर्ने सहमति भएपछि एमाले नेता बास्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।
‘रवि–बालेन मिलेछन्। अब कुलमान–प्रचण्ड बाँकी रहे जस्तो देखियो,’ आइतबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘त्यो पनि होला झैँ लाग्छ।’
ऊर्जामन्त्रीसमेत रहेका उनेपाका संरक्षक कुलमानलाई बाहिरै राखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आइतबार बिहान सात बुँदे सहमति गरेपछि नेता बास्कोटाको यस्तो टिप्पणी गरेका हुन् ।

