काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि आक्रमणको प्रयास भइरहेका बेला सरकारले सुरक्षा खोसेको आरोप लगाएका छन् ।
बिहीबार पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सुरक्षा जोखिम उच्च रहेका समयमा सरकारले सुरक्षाकर्मी फिर्ता बोलाएको भन्दै आपत्ति जनाए ।
‘त्यत्रो त्रासको अवस्था थियो, टार्गेट हामीमाथि थियो । चरम अवस्था थियो। त्यस्तो बेलामा हाम्रो सुरक्षा खोस्यो सरकारले। घरबाट बाहिर ननिस्क भन्या त हो नि,’ ओलीले भने।

