ओली समूहमा पोखरेल हाबी भएको भन्दै पौडेल पक्ष असन्तुष्ट

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहभित्र महासचिव शंकर पोखरेल हाबी भएको आरोप लगाउँदै नेता विष्णु पौडेल निकट प्रतिनिधिहरू असन्तुष्ट बनेका छन्।

पौडेल ११औँ महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार हुन् भने पोखरेल महासचिव पदका उम्मेदवार छन्।

पोखरेलले आफू महासचिव पदमा सुरक्षित बन्दै यसअघिका सचिव पद्मा अर्याल, लेखराज भट्ट र छविलाल विश्वकर्मालाई छोडेर भानुभक्त ढकाललाई उपमहासचिवमा उम्मेदवार बनाएको भन्दै असन्तुष्टि देखिएको हो ।

पौडेल पक्षका एक नेताले भने,‘महासचिवले आफूलाई फेरि सोही पदमा सुरक्षित राख्नुभयो, स्थायी कमिटी सदस्य भानुभक्तजीलाई उपमहासचिव उम्मेदवार बनाउनुभयो, पहिलेका सचिवजीहरूलाई किन उपमहासचिवमा योग्य देखिएन ?’

केन्द्रीय सदस्यमा पनि महासचिव पोखरेलले ‘एकलौटी’ गरेको भन्दै प्रतिनिधिहरू असन्तुष्ट बनेको ती नेताले जानकारी दिए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा