मधेशमा सत्ताको खेल : जनमतका सतिशकुमारलाई हटाएर कांग्रेसका कृष्णप्रसाद मुख्यमन्त्री बन्दै

काठमाडौं । मधेश प्रदेसका मुख्यमन्त्री सतिशकुमार सिंहले आज (मंगलबार) विश्वासको मत लिँदैछन् ।

पार्टीको निर्देशनविपरित राजीनामा दिन अस्वीकार गरेका सिंहले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

सिंहले विश्वासको मत पाउने सम्भावना नरहेपनि आफ्ना कुरा संसदमा राख्न विश्वासको मत लिन लागेको स्पष्ट पारेका छन् ।

यसअघि, नेपाली कांग्रेस, नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । एमाले र जनमतको समर्थनमा कांग्रेसले सरकारमा दाबी पेस पनि गरिसकेको छ ।

यसअघि नेपाली कांग्रेसले मुख्यमन्त्रीको दाबी पेश गरेको छ। कांग्रेसले एमाले र जनमतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा असाज २२ गते नै दर्ता गराइसकेको छ ।

मधेश प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन तीन दलका सांसदको हस्ताक्षरसहित दाबी पेश भएको हो ।

यसअघि मधेस प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेले मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चार जना मन्त्रीलाई फिर्ता बोलाएको थियो ।

सिंह नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम नगरेको र राजनीतिक नैतिकता गुमाएको आरोप लगाउदै एमालेले लगाएको छ।

मधेशमा एमालेका सभामुखसहित २५ जना प्रदेश सांसद छन् ।

मुख्यमन्त्री सिंहलाई लोसपाले दिएको समर्थन पनि फिर्ता लिइसकेको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले राजीनामा दिन भनेपनि मुख्यमन्त्री सिंहले अस्वीकार गरेका हुन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा