October 27, 2024, Sunday
KN hd tv

आईपीएलमा सट्टेबाजी गर्ने सात जना पक्राउ

काठमाण्डाै – यूएईमा चलिरहेको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजी गर्ने सात जनालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ ।

भारत घर भएका कुलदीप शारणको कोठामा सट्टेबाजी भइरहेको सूचनाका आधारमा छापा मारेर एक लाख ८५ हजार रुपैयाँ र विभिन्न ठाउँबाट सात जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । 

आइतबार पक्राउ परेका शारणको बयानका आधारमा सट्टेबाजीमा संलग्न भारतकै सञ्जिव शारण, अजय गौतम, नवीन जैन, सिन्धुपाल्चोकका प्रदीप घिमिरे, कुलेश्वरको उत्तम सापकोटा र सोल्टीमोडका कुमार बमसललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको