मतदाता नामावली संकलन खोल्न निर्वाचन आयोगको बैठक बस्दै

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन सुरु गर्ने तयारी गरेको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आन्तरिक तयारी थालेको आयोगले मतदाता नामावली संकलन खुलाउने निर्णय गर्दैछ ।

त्यसका लागि आज आयोगको बैठक बस्न लागेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

सरकारले बुधबार मतदाता नामावली खुलाउने गरी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश अनुसार मतदाता नामावली संकलन खुलाउने बारे निर्णय लिन आयोगको बैठक बस्न लागेको हो ।

आयोगको तयारी अनुसार कातिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने र अन्तिम नामावली सार्वजनिक गर्ने गरी आयोगले तयारी गरेको छ ।

आयोगका अनुसार अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिनेछ । कसले कहाँबाट कहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भनेर आयोगले कार्यविधि बनाएको छ । यसलाई पास गरेर कार्यान्वयन गर्ने तयारी आयोगको रहेको छ ।

यस्तै, सरकारले विदेशमा रहेका नेपालीहरूलाई आफू बसेकै स्थानबाट मतदान गर्न पाउने निर्णय गरेको थियो । आयोगले त्यसबारे पनि गृहकार्य गरिरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा