लगातार गिरावटपछि शेयर बजारमा सुधार, नेप्से १७.२८ अंकले उकालो

काठमाडौं – लगातार सात कारोबार दिनसम्म घटेको शेयर बजार आज सुधार देखिएको छ। नेप्से परिसूचक १७.२८ अंकले बढेर २,७३६.४८ विन्दुमा पुगेको छ।

विकास बैंक र माइक्रोफाइनान्स बाहेकका सबै समूहका शेयर घटेका छन् भने लगानी तथा अन्य समूहको शेयर १.५ प्रतिशतभन्दा बढीले बढेको छ।

पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने विन नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ।

नेप्से बढे पनि कारोबार रकम सामान्य रूपले घटेको छ। हिजो ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३२३ कम्पनीका २ करोड २९ लाख कित्ता शेयर ८ अर्ब २३ करोड रुपैयाँमा किनबेच भएका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा