काठमाडौं – वीर अस्पतालमा स्नायुसम्बन्धी अत्याधुनिक उपचार सेवा सञ्चालनमा आएको छ।
अस्पतालको न्यूरोसर्जरी विभाग र अमेरिकाको क्यारिलियन रोवएनोके अस्पतालको सहकार्यमा डिप ब्रेन स्टीम्युलेसन (DBS) र स्पाइनल स्टीम्युलेसन (SCS) सेवा शुरू गरिएको प्रा. डा. राजीव झाले जानकारी दिए।
न्यूरो विभाग प्रमुखसमेत रहेका झाका अनुसार यी प्रविधिले पार्किन्सन, छारे रोग र ओसीडीका बिरामीको उपचारमा महत्वपूर्ण भूमिका खेल्नेछ।
परम्परागत उपचारबाट सुधार नआएका पार्किन्सन, छारे रोग, डिप्रेसन, शारीरिक कम्पन, डिस्टोनिया र ओसीडीका बिरामीलाई लक्षित गरी यो सेवा शुरू गरिएको हो।
यस उपचारका लागि बिरामीको छनोट आउँदो चैत्र १८ गतेसम्म वीर अस्पतालको न्यूरोसर्जरी विभागमा बिहान १२ बजेदेखि साढे १ बजेसम्म हुने अस्पतालले जनाएको छ।
