काठमाडौं – युरोपेली च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी), इन्टर मिलान, बार्यन म्युनिख र बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
राउन्ड अफ–१६ अन्तर्गत गएराति सम्पन्न दोस्रो लेगमा पीएसजीले लिभरपुललाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै समग्रमा १–१ को बराबरीसहित क्वाटरफाइनल यात्रा तय गर्यो। प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुल भने प्रतियोगिताबाट बाहिरियो।
बार्यन म्युनिखले लेभरकुसेनलाई २–० ले हराउँदै समग्रमा ५–० को जित निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गर्यो।
इन्टर मिलानले फिएनोर्डलाई २–१ ले पराजित गर्दै समग्रमा ४–१ को जित हासिल गर्यो।
बार्सिलोनाले बेन्फिकालाई ३–१ ले हराउँदै समग्रमा ४–१ को अग्रता बनाउँदै क्वाटरफाइनलमा पुगेको छ।
