सांसद तोसिमा कार्कीको उम्मेद्वारी खारेजीको निर्णय बदर, सर्वोच्चको आदेश

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीको उम्मेद्वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ। यस फैसलासँगै उनको सांसद पद जोगिएको छ।

न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो। त्यसबेला सर्वोच्चकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेद्वारी यथावत रहेको थियो, जसले उनलाई ललितपुर–३ बाट निर्वाचित हुन मार्ग प्रशस्त गरेको थियो।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा