यो साता सेयर बजारमा सानो वृद्धि, विकास बैंक समूह अग्रस्थानमा

काठमाडौं । गत साता ७२ अंकले बढेको सेयर बजार यो साता भने जम्मा ३ अंक मात्र बढेको छ। २८१५ अंकमा रहेको बजार साता अन्त्यसम्म २८१८ अंकमा पुगेको छ।

यो साता पाँच दिन कारोबार भएकोमा चार दिन बजार घट्यो। आइतबार ७५.२४ अंकले बढेको बजार सोमबार १३.६१, मंगलबार ३०.३६, बुधबार २५.१६ र बिहीबार २.७० अंकले घट्यो।

बढी कारोबार सोमबार

यस साता सोमबार सबैभन्दा धेरै कारोबार भएको थियो। सो दिन १४ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ, जुन भदौ ९ यताकै उच्च हो। आइतबार १४ अर्ब २५ करोड, मंगलबार १२ अर्ब ९४ करोड, बुधबार १० अर्ब ९७ करोड र बिहीबार १० अर्ब १० करोडको कारोबार भएको थियो।

विकास बैंक समूहमा उल्लेखनीय वृद्धि

यो साता विकास बैंक समूह सबैभन्दा धेरै ३.१४ प्रतिशतले बढ्यो। जीवन बीमा, उत्पादन तथा प्रशोधन, र अन्य समूह २–२ प्रतिशतले बढे। बैंकिङ, फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स, होटल तथा व्यापार समूह भने घटेका छन्।

समूहगत साताको अंकयो साताको अंकवृद्धि/गिरावट (%)
बैंकिङ१४३११४१७–०.९७
विकास बैंक५७३१५९११३.१४
फाइनान्स२८०२२७८२–०.७१
हाइड्रोपावर३८१८३७८८–०.७८
जीवन बीमा१३९५७१४२३८२.०१
निर्जीवन बीमा१२९५४१३१०११.१३
माइक्रोफाइनान्स५२७३५२०३–१.३२
होटल तथा पर्यटन६७९०६७६८–०.३२
उत्पादन तथा प्रशोधन७४६४७६१६२.०३
लगानी११४११४०.००
व्यापार४२९३४२७४–०.४४
अन्य२४७४२५२५२.०६

बढी वृद्धि भएका कम्पनीहरू

यो साता गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स ६१.०४ प्रतिशतले वृद्धि भई अग्रस्थानमा रह्यो।

कम्पनीहालको मूल्य (रु.)वृद्धिदर (%)
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स१६७२६१.०४
घलेम्दी हाइड्रोपावर३०२१४.८३
नारायणी डेभलपमेन्ट बैंक१८००११.६८
बोटलर्स नेपाल बालाजु२१,६०९११.३९
शिखर इन्स्योरेन्स८६१९.७०
बरुण हाइड्रोपावर५३३९.६७
सिन्धु विकास बैंक१२५९९.०१
दिव्यश्वरी हाइड्रोपावर४०९.४०८.६२
सामुदायिक लघुवित्त२४२२७.८८
सप्तकोशी विकास बैंक१२२५७.७४

बढी कारोबार भएका कम्पनीहरू

हिमालयन रिइन्स्योरेन्स ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबारसहित पहिलो स्थानमा रह्यो। नेपाल पुनर्बीमा, सिन्धु विकास बैंक, घलेम्दी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, नारायणी डेभलपमेन्ट बैंक, हिमालयन डिस्टिलरी, साहस ऊर्जा, एचआईडीसीएल उच्च कारोबार भएका कम्पनीहरूमा परे।

धेरै घटेका कम्पनीहरू

यो साता समाज लघुवित्त १६.१९ प्रतिशतले घटेर सबैभन्दा बढी गिरावटमा रह्यो।

कम्पनीहालको मूल्य (रु.)गिरावट दर (%)
समाज लघुवित्त२९६६–१६.१९
सपोर्ट माइक्रोफाइनान्स२८८०–१२.११
मानुषी लघुवित्त१९४०–११.७८
अपरहेवाखोला हाइड्रोपावर८७८–११.६१
लाइफ इन्स्योरेन्स नेपाल११८०–१०.६७
धौलागिरि लघुवित्त१७०६–९.५४
नेपाल हाइड्रो डेभलपर्स९०४–९.३८
सिर्जनशील लघुवित्त२४४९–८.११
नेपाल रिपब्लिक मिडिया५३८.५०–७.६३
इमर्जिङ नेपाल१२७२–७.५६

आगामी साता बजार कस्तो रहला?

साताको अन्तिम चार दिन बजार घटे पनि लगानीकर्ताहरूले यसलाई ‘करेक्सन’का रूपमा लिएका छन्। तर करेक्सनको आकार सानो रहेकोले अझै केही अंकको करेक्सन आउन सक्ने देखिन्छ।

फागुन १ गते २६७८ अंकमा रहेको बजार फागुन १८ गते २८९० अंकसम्म पुगेको थियो। त्यसपछि लगातार २१२ अंक बढेको बजार पछिल्ला चार दिनमा ७१.८३ अंकले घटेको छ। करेक्सन पूरा भए/नभएको कुरा आगामी साताको सुरुवाती कारोबारले स्पष्ट गर्नेछ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा