October 22, 2024, Tuesday
KN hd tv

प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता

 काठमाडौं- संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मोहम्मद युनुसबीच भेटवार्ता भएको छ।

त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा छलफल भएको थियो । साथै, ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए।

शीर्ष समाचार

धेरै पढिएको