नेपाल रिपब्लिक मिडियाको आईपीओ बिक्री आजदेखि खुला

काठमाडौं – नेपाल रिपब्लिक मिडिया लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । 

कम्पनीले जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरूका लागि र २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ४ लाख ३५ हजार ३०० कित्ता निष्काशन भइसकेको छ ।

आईपीओका लागि लगानीकर्ताले आजदेखि जेठ ३० गतेसम्म न्यूनतम १० देखि पाँच सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर खाता मार्फत आवेदन दिन सकिने छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा