भारतविरूद्धको सिरिज जित्ने नेत्रहिन महिला क्रिकेटरलाई जनही १० हजार पुरस्कार

नेत्रहिन क्रिकेट संघले भारतविरूद्धको टी-२० सिरिज जितेको नेपाली महिला टिमलाई जनही १० हजार दिने भएको छ।

गत महिना पोखरा र काठमाडौंमा भएको खेलको दोश्रो नेपाल-भारत टी–२० नेत्रहीन महिला क्रिकेट सिरिज नेपालले जितेको थियो। 

नेपाली नेत्रहिन महिला क्रिकेट टोलीले भारतविरुद्ध ३–१ को ऐएतिहासिक सफलता प्राप्त गरेका थिए।

सीमित श्रोत साधन र विभिन्न कठिनाइका बावजुत महिला क्रिकेटको राष्ट्रिय टोलीले हासिल गरेको सफलता खुसी भएको संघको भनाइ छ।

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट खेलाडीको नाम तथा समुह

१. भगवती भट्टराई –B2 कप्तान

२. गिता पौेडेल – B2 उपकप्तान

३. प्रतिभा राई –B1

४. रिता थापा –B1

५. मुना अर्याल – B1

६. माया लुङ्गगेलि -B1

७. सुस्मा तामाङ्ग  -B1

८. मनकेशरी चौधरी –B2

९. कान्ती योगी –B2

१०. सरिता घिमिरे –B2

११. वनिता मगर सोमाई –B2

१२. दिल्लीशरा धमला –B3

१३. विनिता पुन –B3

१४. निशा चौधरी –B3

१५. विमला राई –B3

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा