सामन्थाले किनिन् ७ करोडको फ्ल्याट

दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभुले हैदराबादस्थित एक फ्ल्याट किनेकी छन्।

‘जयभेरी ओरेन्ज काउन्टी’ स्थित उनले एक फ्ल्याट किनेकी हुन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उक्त फ्ल्याटको मूल्य ७ करोड ८ लाख भारू रहेको छ।

यसअघि उनले बिहेपछि अभिनेता नागा चैतन्यसँग बस्दै आएको घर किनेकी थिइन्। सन् २०२१ मा उनीहरूले सम्बन्ध विच्छेद गरेका थिए। उनीहरूको सम्बन्ध विच्छेद भएपछि नागाले उक्त घर बेचेका थिए तर सामन्थाले घर किनेको व्यक्तिसँग कुरा गरेर फेरि त्यही घर किनेकी थिइन्। 

उक्त घरको मूल्य १ सय करोड भारू बताइएको छ। योसँगै सामन्थाले मुम्बईमा एक अपार्टमेन्ट पनि किनेकी छन्। उक्त अपार्टमेन्टको मूल्य १५ करोड भारू बताइएको छ। 

सामन्था पछिल्लो समय फिल्म ‘शकुन्तलम’ मा देखिएकी थिइन् तर फिल्मले राम्रो व्यापार गर्न सकेन। अब उनी फिल्म ‘खुशी’ मा देखिनेछिन्। यस फिल्ममा उनीसँगै विजय देवरकोन्डाको मुख्य भूमिका छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा