आर्थिक संकट बढदै गएपछि राष्ट्र बैंकका गभर्नर अधिकारीले आज पत्रकार सम्मेलन गर्दै

 काठमाडौँ – नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछन् ।

बैंक तथा लघुबित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिदै गएकाे, आर्थिक बृदीदर घटेकाे, आयातकाे मात्रा बढेकाे तर निर्यात घटेकाे, राजश्व कम उठेकाे लगायतकाे समस्यालाइ लिएर गर्भनर अधिकारीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन आज अपरान्ह १ बजे हुनेछ ।

बैंकहरुले बैशाख १ गतेदेखि लागू गर्ने ब्याजका बारेमा निर्णय गर्न लागेका बेला गभर्नर अधिकारीले पत्रकार सम्मेलन गर्न लागेका हुन । उनले सो पत्रकार सम्मेलनमार्फत ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का बारेमा जानकारी गराउने छन् ।

अर्थमन्त्रीमा डा. प्रकाश शरण महत आएपछि लगानीकर्तादेखि उद्यमी व्यवसायीले ब्याज दर घटाए मात्र आर्थिक संकट टर्ने सुझाब दिइरहेका छन्। अर्थमन्त्री महतले पनि गभर्नरसँग यसबारेमा छलफल गरेका थिए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा