सरकारको न्यूनतम साझा कार्यक्रम : नेपालको भूमि कुनै पनि देशविरुद्ध प्रयोग हुन नदिने (पूर्ण पाठसहित)

काठमाडौं – संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । आज बिहीवार सिंहदरबारमा एक कार्यक्रमका बीच सरकारकी प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे ।

सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्रमा छिमेकी देशहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरू कुटनीतिक माध्यमबाट समाधान गर्ने, सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि सीमा सुरक्षा चौकी (बीओपी) वृद्धि गर्ने पनि जनाएकाे छ ।

क्षेत्रीयस्तरमा तनावरहित मित्रताका निम्ति आवश्यक पहलकदमी लिने, नेपालको भूमि कुनै पनि देशविरुद्ध प्रयोग हुन नदिने तथा सार्क, विमिस्टेक, आईबीबीएन जस्ता क्षेत्रीय संस्थाहरूलाई गतिशील बनाउन प्रभावकारी भूमिका खेल्ने सरकारकाे न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

https://drive.google.com/file/d/1cUwSuCzenaU6sA-1x8LRzcid_El0DSfI/preview
यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा