धनगढीमा एसइई दिएर घर फर्किरहेका चार विद्यार्थीमाथि कुटपिट

धनगढी – सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एसइई परीक्षा दिएर घर फर्किरहेका चार जना विद्यार्थीमाथि कुटपिट भएको छ।

धनगढी उपमहानगरपालिका–१९ को फूलवारी माध्यमिक विद्यालयमा एसइई दिएर घर फर्किरहेका फूलबारीकै रमेश भण्डारी, जीवन भण्डारी, क्रिस मगर र सागर भण्डारीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले कुटपिटबाट धनगढी उपमहानगरपालिका–१४ बस्ने चार जना विद्यार्थीमाथि कुटपिट भएको जानकारी पाएपछि प्रहरीले संलग्नलको खोजी थालेको जानकारी दिए। उनकाअनुसार फूलबारीकै युवाका एक समूहले विद्यार्थीमाथि कुटपिट गरेको हो।

कुटपिटबाट चारै जनाको टाउकोमा चोट लागेको छ भने उनीहरूको धनगढीस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूमाथि कुटपिट गरिनुको कारण भने खुलेको छैन।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा