सुदूरपश्चिममा प्रधानमन्त्री कप महिला टी-२० छनोट प्रतियोगिता सुरु

धनगढी– प्रधानमन्त्री कप सुदूरपश्चिम प्रदेशस्तरीय महिला टी-२० क्रिकेट छनोट प्रतियोगिता धनगढीमा सुरु भएको छ। 

फाप्ला क्रिकेट मैदानमा आइतबार सुदूरपश्चिम प्रदेश सभा सदस्य डम्बरी (रक्षा) महराले प्रतियोगिताको उद्‌घाटन गरिन्।

यही पुस २७ गतेदेखि प्रदेश १ को इटहरीमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन प्रदेशस्तरीय प्रतियोगता गरिएको हो। कैलाली जिल्ला क्रिकेट संघको आयोनामा सुरु भएको छनोट प्रतियोगिता यही २३ गतेसम्म सञ्चालन हुने छ।

प्रतियोगिता उद्‌घाटन गर्दै प्रदेश सभा सदस्य महराले खेलाडी र खेल जीवनलाई निकटबाट बुझेको बताइन्। उनले आफ्नो कार्यकालमा सुदूरपश्चिमका खेलाडीहरुको हकहितका लागि सक्दो पहल गर्ने प्रतिवद्धता गरिन्।

उद्‌घाटन खेलमा अहिले कञ्चनपुर र बैतडीबीच प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगितामा बाजुरा र दार्चुला बाहेक सात जिल्लाका टिम सहभागी छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा