आज प्रदेश–१ को पहिलो प्रदेश सभा बैठक बस्दै

विराटनगर – प्रदेश–१ को प्रदेश सभाको पहिलो बैठक आज (आइतबार) दिउँसो १ बजे बस्दै छ । ४ मंसिरमा भएको संसदीय निर्वाचनबाट निर्वाचित भएका प्रदेश सदस्यहरुले शपथ ग्रहण गरेसँगै पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकको अध्यक्षता प्रदेश सभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन् । आजको पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने, प्रदेशसभा नियमावली २०७४ पहिलो संशोधन समेतलाई अंगीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

यस्तै बैठकमा प्रदेश प्रमुखबाट जारी प्रदेश सरकारको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७९ सभामा सम्बन्धित मन्त्रीले टेबल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

karyasuchi17
यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा