बिहीबार बालुवाटारमा बस्दै सत्ता–साझेदार दलहरुको बैठक

काठमाडौं- ७ दलीय सत्ता-साझेदार दलका शीर्ष नेताहरुको बैठक बिहीबार बालुवाटारमा बस्ने भएको छ। बुधबार प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि बिहीबार बालुवाटारमा बैठक बस्ने गरी टुङ्गिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सञ्चारकर्मीलाई बताएका छन्। 

भोलि बस्ने बैठकमा मन्त्रिपरिषद् गठन र मन्त्रीहरुको कार्यविभाजनबारे छलफल हुने मल्लले बताएका छन्। 

‘भोलि फेरि बालुवाटारमा अर्को बस्ने गरी आजको बैठक टुङ्गिएको छ। सत्ता साझेदार दलहरुको प्रमुख नेताको बैठकले मन्त्रिपरिषद् र मन्त्रीहरुको कार्यविभाजन तोक्ने विषयमा छलफल हुन्छ,’ मल्लले भने।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा