माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। केही बेरअघिबाट पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो। 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो विकसित राजनीतिक घटनाबारे ब्रिफिङ गर्नेछन्। 

आजै ११ बजे सत्ता गठबन्धनको बैठक पनि बस्दै छ। त्यसअघि माओवादीले पदाधिकारी बैठक राखेको हो। प्रचण्डले आजै अपरान्ह ४ बजे प्रधानमन्त्रीको सपथ लिँदैछन्। 

बैठकमा पद मन्त्रिपरिषद् विस्तार, पद बाँडफाँट र आगामी कार्यदिशाबारे छलफल हुने प्रचण्डको सचिवालयले जनाएको छ। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा