२ सयले घट्यो सुनको भाउ, चाँदीको कति ?

काठमाडौं – नेपाली बजारमा लगातार बढिरहेको सुनको भाउ आज (शुक्रबार) भने घटेको छ । सुन आज तोलामा एक हजार दुई सय रुपैयाँले घटेर एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख एक हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा