सुनको मूल्यमा ७ सय रूपैयाँको गिरावट, कतीमा हुदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा साताको पाँचौं दिन आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख एक हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ७ सय रूपैयाँले घटेर एक लाख ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसै गरी, चाँदीको मूल्य पनि बिहीबार २० रूपैयाँले घटेर १ हजार ३८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा