सुतेकै ठाउँमा महिलाको विभत्स हत्या

जनकपुरधाम – धनुषामा एक महिलाको सुतेकै ठाउँमै विभत्स हत्या भएको छ । आइतबार राति घरमा सुतिरहेको अवस्थामा बटेश्वर गाउँपालिका–५ शान्तिपुरस्थित २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरको काव्या हस्पिटल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए ।

उनका अनुसार घटनाबारे अनुसन्धान शुरु भएको छ । रितादेवीको हत्याको समयमा उनका श्रीमान वीरेन्द्र अर्को घरमा सुतेका थिए । हत्या गर्नुअघि घरको बिजुलीको लाइन काटिएको थियो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा