समानुपातिकतर्फको एक करोड तीन लाख ७९ हजार ३५८ मत गणना, कुन दलले कति पुर्‍याए ?

काठमाडौं – यहि मंसिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । आज (शुक्रबार) बिहान ७ बजेसम्ममा एक करोड तीन लाख ७९ हजार ३५८ मत गणना भएको छ ।

त्यसमध्ये २७ लाख ७२ हजार ९८५ मत प्राप्त गरी नेकपा एमाले पहिलो स्थानमा छ । निर्वाचन आयोगका अनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ४३ हजार २९६ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६१ हजार १७३ मत प्राप्त गरेको छ ।

आयोगको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ४१६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ८८७, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९२८, जनमत पार्टीले ३ लाख ९४ हजार ३४०, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९४ हजार १८, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५७ मत प्राप्त गरेको छ ।

आयोगका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २७८, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ४२ हाम्रो नेपाली पार्टीले ५५ हजार पाँच सय ८७, मङ्गोल नेशनल अर्गनाइजेशनले ४८ हजार ५०४ मत, राष्ट्रिय जनमोर्चाले ४६ हजार ३४७ मत प्राप्त गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कुल ४७ दलले सहभागिता जनाएका थिए । त्यसमध्ये अन्तिम स्थानमा रहेको नेशनलिष्ट पिपल्स पार्टीले दुई हजार १५ मत प्राप्त गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा