सुनसरी–३ मा एमालेको अग्रता कायम, गच्छदार ५,१८१ मतले चौधरीभन्दा पछाडि

सुनसरी – प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर–३ मा नेकपा एमालेको अग्रता कायम छ । एमाले उम्मेदवार भगवती चौधरीले अहिलेसम्म २१ हजार ४ मत पाएकी छन् ।

नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार दोस्रो स्थानमा छन् । उनको पक्षमा १५ हजार ८२३ मत खसेको छ । चौधरीभन्दा गच्छदार ५ हजार १८१ मतले पछि छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीमा उमेदवार कमल बाबु मैनालीले ५ हजार ८३४ मत पाएका छन् । मतगणना जारी छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा