प्रारम्भिक मतगणना : ६ स्थानमा एमालेको अग्रता, दुई वटामा कांग्रेस

काठमाडौं – हिजो (आइतवार) सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक नतिजा आउन सार्वजनिक हुन थालेका छन् । प्रारम्भिक नतिजाले सत्ता गठबन्धनलाई धक्का लाग्ने संकेत गरेको छ । गठबन्धनको घेराबन्दीबीच एमालेले प्रारम्भिक अग्रता बनाइरहेको छ ।

अहिलेसम्मको अवस्था हेर्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय राजनीतिमा निर्णायक शक्तिका रुपमा उदाउने लक्षण देखाएको छ । निर्वाचन आयोगले गरिरेको मतगणना अनुसार एमालेले अहिलेसम्म ६ स्थानमा अग्रता बनाएको हो ।

नेकपा एमालेको अग्रता
१. ललितपुर–१ मा नवराज सिलवाल

२. ललितपुर–२ मा प्रेम बहादुर महर्जन
३. ललितपुर–३ मा अमृत खड्का
४. धनुषा–३ मा जुलीकुमारी महतो
५. झापा–२ मा देवराज घिमिरे
६. बाँके–३, किस्मत कक्षपति
नेपाली कांग्रेसको अग्रता
१. मुस्ताङमा योगेश गौचन थकाली
२. भक्तपुर–२ मा दुर्लभ थापा

राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
कास्की–२ मा माधवप्रसाद कँडेल
काठमाडौं–७ मा गणेश पराजुली

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा