निर्वाचन नजिकिएसँगै काठमाडौं बाहिर जाने सवारी बुकिङ बढ्यो

काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै सार्वजनिक यातायातको माग बढेको छ। निर्वाचन आउन एक हप्ता समय बाँकी हुँदा काठमाडौंबाट विभिन्न गन्तव्यमा भोट हाल्न जानेहरुको संख्या बढेपछि टिकट बुकिङ बढेको हो। 

नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले निर्वाचनमा मतदाता गाउँसम्म लैजान बस बुकिङका लागि राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकताएले धमाधम बुकिङ गरेको जानकारी दिए। 

‘मतदातालाई गाउँमा भोट हाल्न लैजाने भन्दै विभिन्न पार्टीका नेता तथा उम्मेदवारले व्यवसायी र महासङ्घमा फोन गरेर बस बुकिङ गरिरहनुभएको छ’, उनले भने। 

महासंघले गतहप्ता निर्वाचनमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि दुई सय ८५ बस उपलब्ध गराएको थियो।

रासस

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा