एकै दिन चौँध सयले बढ्यो सुनको मूल्य

काठमाडौँ – सुनको मूल्य एकै दिन एक हजार चार सय रुपैयाँले बढेको छ। मंगलवारको तुलनामा बुधबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलवार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला तीन सय रुपैयाँले घटेको थियो। महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा