माला लिएर देउवाको स्वागतमा उभिए प्रतिस्पर्धी सागर ढकाल

डडेल्धुरा– चुनाव प्रचारप्रसारका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरा आइपुगेका छन्। उनी डडेल्धुरा बुधबार नै आइपुगेका थिए। बिहीबारदेखि उनले विभिन्न सभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

यसै क्रममा देउवाको स्वागतका लागि अमरगढी नगरपालिकामा सागर ढकालसमेत उभिएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका ढकाल देउवाको आलोचना गर्दै उनकै विरुद्ध प्रतिस्पर्धामा उत्रिएका छन्।

’देउवालाई प्रधानमन्त्रीका रुपमा स्वागत गर्न आएको हुँ’, पत्रकारहरूसँग उनले भने, ’मैले सभामै बोल्ने समय मागेको छु।’

ढकालले देउवा लगायतका वृद्ध नेताहरूलाई पराजित गर्नुपर्ने बताउँदै आएका छन्। ०७४ मा देउवा प्रधानमन्त्री हुँदा एक कार्यक्रममा सोधेको प्रश्नका कारण ढकाल चर्चामा आएका थिए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा