केपी ओली : केहि पार्टीका नेताहरुलाई धरहरा हेर्‍यो कि घोच्छ

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केहि पार्टीका नेताहरुलाई धरहरा हेर्‍यो कि घोच्ने गरेको टिप्पणी गरेका छन् । आज (बुधबार) काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा बोल्दै उनले सांस्कृतिक र ऐतिसिकस्थलमा रहेको धरहरालाई भ्यू टावर र सेतो टावरको टिप्पणी गरेकोप्रति आपत्ति जनाए ।

उनले एमालेले गरेका काम देख्न नसकेर यस्तो टिप्पणी गर्ने गरेको बताएका छन् । एमालेको सरकारले भूकम्पले ध्वस्त बनाएका संरचना पुनर्निर्माण गरेको दाबी गरे । उनले भुकम्पले ध्वस्त बनाएका रानी पोखरी, दरबार हाई स्कूललगायत पुरातात्विक एवम् सांस्कृतिक सम्पदा एमालेको सरकार बनेपछि चाँडै पुनर्निर्माण गरिएको बताए । उनले आफ्नो सरकारले तुइन युगबाट पुलको युगमा प्रवेश गराएको दाबी गरे ।

उनले बानेश्वरमा भाडामा लिएर संसद भवन चलिरहेकाले अब सिंहदरबारमा नै आफ्नै भवनबाट संसद चल्ने बताए । एमालेबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभामा किरण पौडेल र प्रदेशसभा सदस्य तर्फ निर्वाचन क्षेत्र नम्बर १मा रामप्रसाद अमागाई र निर्वाचन क्षेत्र नम्बर २ मा गणेशप्रसाद दुलाल उम्मेदवार रहेका छन् ।
त्रिपुरेश्वर महादेव मन्दिर दर्शन
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) विहानै त्रिपुरेश्वस्थित महादेव मन्दिरको दर्शन गरेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुनुपूर्व अध्यक्ष ओलीले महादेव मन्दिरको दर्शन गरेका हुन् । नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार किरण पौडेलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिँदै काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षणलाई चुनावी एजेण्डा बनाएसँगै ओलीले संस्कृति सम्पदाको अवलोकन एवं दर्शनका लागि त्रिपुरेश्वर महादेव मन्दिर पुगेको बताइन्छ । सो अवसरमा ओलीले नानक मठको पनि दर्शन गरेका थिए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा