ओलीले काठमाडौं-१ को चुनावी अभियानमा सहभागी हुनुअघि गरे महादेव मन्दिरको दर्शन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपुरेश्वस्थित महादेव मन्दिरको दर्शन गरेका छन्। 

बुधवार बिहान अध्यक्ष ओलीले त्रिपुरेश्वरस्थित महादेव मन्दिरको दर्शन गरेका हुन्। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुनुपूर्व अध्यक्ष ओलीले महादेव मन्दिरको दर्शन गर्न त्रिपुरेश्वर पुगेका थिए। 

प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार रहेका किरण पौडेलले काठमाडौंका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई चुनावी अजेन्डा बनाएका छन्। 

पौडेलको अजेन्डाप्रति ऐक्यबद्धता जनाउँदै ओलीले चुनावी अभियानअघि बुधबार महादेव मन्दिरको दर्शन गरेका हुन्। एमाले अध्यक्ष ओली  यसअघि पनि मन्दिरको दर्शन लगायतका धार्मिक गतिविधिमा संलग्न हुँदै आएका छन्। 

ओली गत साउन १६ गते पशुपतिनाथको सन्ध्या आरतीमा सहभागी भएका थिए। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा