नवौं राष्ट्रिय खेलकुद : एथलेटिक्समा १९ स्वर्ण पदक जित्दै आर्मी च्याम्पियन

पोखरा– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ। एथलेटिक्समा सर्वाधिक १९ स्वर्ण पदक जित्दै आर्मीको टिम च्याम्पियन बनेको हो। 

आर्मीले १९ स्वर्णसहित १३ रजत र १३ कास्य गरी ४५ पदक जित्यो। शसस्त्र प्रहरी बल एपीएफले १० स्वर्णसहित १० रजत र १० कास्य गरी ३० पदक जित्दै दोस्रो स्थानमा रह्यो। नेपाल पुलिस क्लबले २ स्वर्ण, ८ रजत, ६ कास्य गरी १६ पदक जिति तेस्रो र बागमती प्रदेशले २ स्वर्ण, १ रजत र ४ कास्य गरी ७ पदकसहित चौथो स्थानमा रह्यो। 

लुम्बिनी प्रदेशले २ स्वर्ण, ३ रजत र १ कास्य पदक र गण्डकी प्रदेशले १ स्वर्ण, १ रजत र २ कास्य पदक जितेको छ। कर्णाली प्रदेशले १ स्वर्ण र १ रजत तथा सुदूरपश्चिम प्रदेशले १ कास्य पदक जित्यो।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा