बर्दियाको बबई नदीमा दुई शव फेला

बर्दिया– बर्दियाको बबई नदीमा बगेर आएको दुइजना पुरुषको शव फेला परेको छ ।
। 

ठाकुरबाबा नगरपालिका–१ नदीमा अन्दाजी ६० वर्षका पुरुषको तारजालीमा अडकिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ । शव सनाखत हुन नसकेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताए । 

यस्तै कर्णाली नदीस्थित गेरुवा गाउँपालिका–१ इन्टेकमा एक अन्दाजी ६५ वर्षका पुरुषको शव फेला परेको छ । काम गर्न गएका राजापुर नगरपालिका–१ सोनपुरका डिल्लीराज शर्माको खसेर मृत्यु भएको परेको सशस्त्र प्रहरी बलले जनाएको छ । 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा