एमालेद्दारा चितवन–३ मा उम्मेदवारी फिर्ता, कांग्रेसका बागीलाई सघाउने

काठमाडौं– नेकपा एमालेले चितवन–३ बाट प्रतिनिधि सभातर्फको उम्मेदवारी फिर्ता लिएको छ। आफ्नो उम्मेदवारी फिर्ता लिएको एमालेले नेपाली कांग्रेसको तर्फबाट बागी उम्मेदवारी दिएका दिनेश कोइरालालाई सघाउने भएको छ। 

चितवन–३ मा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानको उम्मेदवारी परेको थियो। तर, बुधबार एमालेले उनको उम्मेदवारी फिर्ता लिएको हो।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र कार्यालयमा प्राप्त भइ न्यौपानेको उम्मेदवारी फिर्ता भएको हो।

चितवन–३ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका डा भोजराज अधिकारी उम्मेदवार छन्। सत्ता गठबन्धनको भागबन्डामा यो क्षेत्र माओवादीलाई परेपछि कांग्रेसका कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा