मनास्लु हिमपहिरोमा पुरिएका ९ जनाको उद्धार, खोजीकार्य जारी

गोरखा– चुमनुब्री गाउँपालिका-१ सामागाउँस्थित मनास्लु बेस क्याम्पमा सोमबार हिम पहिरो जाँदा पुरिएका ९ जनाको उद्धार गरिएको छ । 

कैलाश एयर, सिम्रिक एयर र एभरेष्ट एयरको हेलिकप्टरद्वारा उनीहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ । पुरिएकामध्ये दोलखा गौरीशंकर गाउँपालिका–५ बस्ने ४४ वर्षीय जित बहादुर शेर्पा र संखुवासभा मकालु गाउँपालिका-१ बस्ने २७ वर्षीय सुकु बहादुर तामाङलाई सोमबार साँझ उद्धार गरी उपचारको लागि करुणा अस्पताल काठमाडौंमा ल्याइएको हो । 

सोलुखुम्बु घर भएका ३५ वर्षीय किनु पेम्वा सहित थप ७ जनालाई मंगलबार उद्धार गरी सामागाउँ ल्याइएकोमा ४ जनालाई उपचारको लागि करुणा अस्पताल कपन पठाइएको छ । पहिरोमा पुरिएका अन्य व्यक्तिहरूको खोजी भइरहेको छ । 

प्रहरी चौकी सामागाउँबाट खटिएको प्रहरीले उद्धार कार्य एवं आवश्यक पहल गरिरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा