काठमाडौं– सर्वोच्च अदालतले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध परेको रिटमा कारण आदेशसँगै अग्राधिकार जारी गरेको छ।
आइतबार सर्वोच्च अदालतले सभामुख र उपसभामुखले राजीनामा दिनपर्छ कि पर्दैन भन्दै परेको रिटमाथि सुनुवाइ गर्दै कारण देखाउसँगै अग्राधिकार दिन आदेश दिएको हो।
अधिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराई र जगन्नाथ दुलाल तथा कानुन संकायकी विद्यार्थी रेजीना पौड्यालले गत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनीहरूले प्रतिनिधि सभाका सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
प्रतिनिधि सभाका सदस्यको समयावधि असोज १ गते सकिएकाले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसाल गौतमको पनि पदावधि सकिएको रिटमा जिकिर गरिएको थियो।
