दाङ- १२ वर्षिया बालिकालाई बाल यौन दुरुपयोग गरेको आरोपमा देउखुरीको एक निजी विद्यालयका शिक्षक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लमही नगरपालिका-१ का शिक्षक अन्दाजी २७ वर्षीय दीपेन्द्र सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, राजन कुमार गौतमले जानकारी दिए।
सिंजालीले अध्यापन गराउने विद्यालयको कक्षा सातमा अध्ययनरत एक १२ वर्षिया बालिकाको संवेधनशील अंग छुने, चिमोट्ने, सुम्सुम्याउन खोज्ने जस्ता कार्य गरेको ती बालिकाले गुनासो गरेपछि प्रहरीले नियन्त्रणमा लिएर अनुशन्धान गरिरहेको छ।
बाल यौन दुरुपयोगको आरोप लागेका सिंजाली विवाहित हुन्। उनलाई बिहीबार म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अगाडि बढाइने डीएसपी गौतमको भनाइ छ।
पक्राउ परेका सिंजाली दोषी ठहर भएमा तीन वर्षसम्म कैद सजाय र तीस हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ।
