लिङ्देन : राप्रपाले कुनै पनि दलसँग आधारभुत रुपमा गठबन्धन गर्दैन

नेपालगञ्ज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले कुनै पनि दलसँग आधारभुत रुपमा गठबन्धन नगर्ने स्पष्ट पारेका छन् । नेपालगञ्जमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले आवश्यकता अनुसार कुनै दलसँग सिटको आधारमा सहकार्य गरेर मात्र अगाडि बढ्न सक्ने बताए ।

अहिलेसम्म नेकपा एमालेसँग सहकार्य गर्ने विषयमा छलफल अघि बढिरहेको उनले जानकारी दिएका छन् । ‘समाचारको रुपमा सुनाउने गरी ठोस निणर्य भएको छैन, एमालेसँग केही छलफल भएको छ, कुनै ठोस आकार लिएको छैन,’ अध्यक्ष लिङ्देनले भने ‘पार्टीको अध्यक्ष, महामन्त्री, उपाध्यक्षको सिट सुरक्षित नै हुन्छन् भन्ने तपाईले बुझनु भएकै छ ।’

राप्रपाले विगतमा जस्तो देशभर सिट नछाड्ने संकेत गरेका छन् । सहकार्य गर्ने दललाई एउटा सिट छाड्ने र अर्को सिटी आफुले लिने गरी तालमेल गर्ने बताए। देशलाई माया गर्ने राष्ट्रवादी शक्तीबीच सहकार्य गरेर अगाडि जाने कुरा चलिरहेको बताउँदै भने, ‘एजेण्डामा सम्झौता गर्ने होईन, सिटमा तालमेल मात्रै गर्ने हो ।’ पछिल्लो समयमा मुलुकमा वैदेशिक हस्तक्षेप बढिरहेको अध्यक्ष लिङ्देनले जिकिर गरे ।

सञ्चारकर्मीको प्रश्नमा उनले ऐन नै संसोधन गरेर संसदको आयु मंसिर ४ गते पछिसम्म पनि लम्ब्याउन खोजेपछि आफू त्यो अनैतिक काममा सामेल नहुने गरी संसद पदबाट राजीनामा घोषणा गरेको लिङ्देनले प्रष्ट्याए । ‘मंसिर गते ४ पछि पनि संसद कायम राख्ने गरी ऐन संशोधनको प्रस्ताव ल्याइयो, यो अति नै भयो, सांसद हुँ भन्न पनि लाज लाग्यो, त्यही भएर संसदमा गएर जानकारी गराएको हुँ ।’

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा