नेप्से सूचक १.६७ अंकले ओरालो

काठमाडौं– सेयर बजार झिनो अंकले ओरालो लागेको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार २ घण्टा खुलेको सेयर बजारको नेप्से सूचक  १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा अडिएको छ । ६९ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । 

२१९ कम्पनीको १८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ वटा समूह सकारात्मक देखिएका छन् । १० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल टेलिकम अग्रस्थानमा छ । 

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र अरुण काबेली हाइड्रोपावर परेका छन् । 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा