प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयान शुरु

काठमाडौं – महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको दोस्रो दिनको बयान शुरु भएको छ । जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले बयान लिइरहेको छ ।

समितिले बुधबारबाट जबरासँग बयान लिन शुरु गरेको हो । बुधबार संसदीय समितिमा जबराले चारवटा प्रश्नको जवाफ झडै चार घण्टा लगाएर दिएका थिए ।

न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ । महाभियोगबारे छानविन गर्न ११ सदस्यीय समिति गठन भएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा