वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

गुल्मी– गुल्मीमा ६५ वर्षकी वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

जिल्लाको इस्मा गाउँपालिका वडा नं. ४ का ३६ वर्षका कृष्णबहादुर सार्कीले सोही वडाकी ६५ वर्षिया वृद्धालाई भाद्र १३ गते साँझ करिब ५ : ३० बजेको समयमा घरमा एक्लै भएको मौका छोपी बलात्कार गरेर फरार भएका थिए। 

जिल्ला प्रहरी कार्यालय गुल्मीले फरार आरोपितलाई पक्राउ गरी अनुसन्धान भइरहेको  प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा