महोत्तरीको बर्दिबासमा आगलागी

महोत्तरी– महोत्तरीको बर्दिबासमा आगलागी भएको छ । वारुणयन्त्र र सुरक्षाकर्मीको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । आगलागीको कारण पत्ता लागेको छैन । सिद्धार्थ बैंक भएको घरको माथिल्लो तल्लामा आगलागी भएको हो । 

माथिल्लो तल्लामा रहेको जिमखानाबाट धुँवा आएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । आगलागी भएको ठाउँमा के कति क्षति भयो भन्ने तथ्यांक आउन सकेको छैन । 

आगलागीग्रस्त क्षेत्रमा एसबीआई बैंक पनि सँगै रहेको छ भने सोही घरमा रहेको सिद्धार्थ बैंकमा कुनै क्षति नभएको सुरक्षाकर्मीहरूले जानकारी दिए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा