क्यालिफोर्नियामा लागेको डढेलो बढ्दै जाँदा हजारौँ मानिस विस्थापित

काठमाडौं- क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलिँदा यसबाट हजारौँ मानिस विस्थापित बनेका अमेरिकी अधिकारीले बताएका छन्।

क्यालिफोर्नियाको वन तथा अग्नि संरक्षण विभाग (क्याल फायर) ले एक प्रतिवेदनमा जनाएअनुसार ओक फायर नाम दिइएको डढेलो निभाउन १७ हेलिकप्टरसहित दुई हजारभन्दा बढी अग्नि नियन्त्रक खटिएका छन्। डढेलो सोमबारसम्ममा पाँच हजार ७५० हेक्टरभन्दा बढी क्षेत्रमा फैलिइसकेको बताइएको छ।

क्याल फायरको रिपोर्टअनुसार ‘अत्यधिक खडेरीले गर्दा जमिनमा चिसोपना घटेको र डढेलो फैलिने जोखिम थप बढिरहेको छ।

अधिकारीहरूले ‘खतरनाक’ भनी वर्णन गरेको डढेलोबाट प्रभावित स्थानमा उद्धारकर्मीहरूले जोखिम क्षेत्रका बासिन्दाहरूलाई उद्धार गर्न र संरचनाहरूको सुरक्षा गर्न खटिरहेका छन्।

डढेलोले करिब १५ भौतिक संरचनामा पूर्णतया क्षति पुर्‍याएको छ हजारौं मानिस डढेलोको जोखिममा परेका छन्।

क्याल फायर अफिसर हेक्टर भास्केजले भने, प्रभाबित क्षेत्रका छ हजारभन्दा बढी मानिसलाई सुरक्षितस्थलमा सारिएको छ।

क्यालिफोर्नियाका गभर्नर गाभिन न्युजमले शनिबार मारिपोसा काउन्टीमा ‘नागरिक र सम्पत्तिको सुरक्षाको लागि अत्यधिक खतराको अवस्था’ रहेको भन्दै उक्त क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरे।

हालैका वर्षहरूमा, क्यालिफोर्निया र पश्चिमी संयुक्त राज्य अमेरिकाका अन्य भागहरूमा पछिल्ला बर्षहरूमा देखिएको लामो खडेरी र उष्ण जलवायुले गर्दा ठूला डढेलोको जोखिम बढेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा