राजनीतिक अस्थिरता र अव्यवस्थाका बीच श्रीलंकामा संकटकाल घोषणा

काठमाडौं- श्रीलंकामा संकटकाल घोषणा भएको छ। राजनीतिक अस्थिरता र अव्यवस्थाका बीच संकटकाल घोषणा गरिएको हो।

प्रधानमन्त्री कार्यालयका प्रवक्ताले प्रधानमन्त्रीले संकटकाल घोषणा गरेको जानकारी दिएका हुन्। 

प्रवक्ताका अनुसार पश्चिमी प्रान्तमा कर्फ्यु पनि लगाइएको छ। इस बीच राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर भागेका छन्। उनी माल्दिभ्स पुगेको जनाइएको छ। उनले १३ जुलाईमा पद त्याग गर्ने जनाएको थिए।

प्रधानमन्त्री रनिल विक्रमसिंघेले पनि सर्वदलीय सरकारको पैरवी गर्दै राजीनामा दिन तयार रहेको बताएका थिए।

यसबीचमा राजधानी कोलम्बोमा प्रदर्शनकारीले डेरा जमाएका छन्। प्रहरीले प्रदर्शनकारीलाई रोक्नका लागि अश्रुग्यास प्रहार गरेको छ। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा