उपसभामुखको निर्वाचनका लागि तोकियो शुक्रबारको समय

काठमाडौं- लामो समयदेखि रिक्त प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि शुक्रबार समय तोकिएको छ। 

सभामुख अग्नि प्रसाद सापकोटाले बुधबारको प्रतिनिधि सभा बैठकमा उपसभामुख चयनका लागि निर्वाचनको मिति तोकेका हुन्। 

सभामुख सापकोटाले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई उपसभामुख चयनबारे सूचना प्रकाशित गर्न समेत निर्देशन दिएका छन्। 

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उक्त पद रिक्त छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा